रुपन्देहीका अर्जुन गुरुङ महासंघको संघीय सचिवमा विजयी

by समतल अनलाइन
240Shares

बुटवल । ओखलढुंगामा सम्पन्न आदिवासी जनजाति युवा महासंघ, नेपाल संघीय परिषद्को छैठौं महाधिवेशनबाट अर्जुन गुरुङ महासंघको संघीय सचिवमा निर्वाचित भएका छन्।

रुपन्देहीबाट प्रतिनिधित्व गर्दै सहभागी भएका नेपाली कांग्रेसका युवा नेता तथा सामाजिक अभियन्ता गुरुङ महासंघको सचिव पदमा निर्वाचित भएका हुन्। यसअघि उनले युवासम्बन्धी सामाजिक कार्यमा सक्रिय भूमिका निभाउँदै आएका छन्।

महाधिवेशनबाट अध्यक्षमा किरण श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सुभलाल राई, संघीय उपाध्यक्षमा मनराज गुरुङ, महिला उपाध्यक्षमा सुप्रिया राई, सूचीअनुसार उपाध्यक्षमा देव बाहिङ चयन भएका छन्।

त्यस्तै महासचिवमा घम्बा तामाङ (मिलन), उपमहासचिवमा सुवास मोक्तान, कोषाध्यक्षमा रब्बा शेर्पा निर्वाचित भएका छन्। सचिवहरूमा अर्जुन गुरुङसहित टार्जन सुनुवार, जितेन्द्र कुमार सिंह, योगेश मोक्तान, रेखा लोप्चन तामाङ, पेमा वाङ्मो लामा, तुलबहादुर थापा मगर रहेका छन्।

महाधिवेशनको उद्घाटन कार्यक्रममा संघीय रक्षामन्त्री मानवीर राई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा आदिवासी जनजाति महासंघका उपमहासचिव रामकृष्ण ब्लोन तामाङलगायत नेताहरुको उपस्थिति थियो।

Comments

You may also like