165
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्तलाई नियुक्त गरेका छन्। वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।


मन्त्री बनेका पन्तको वरियता आठौं नम्बरमा छ । पन्त पूर्व श्रममन्त्री पनि हुन् । यसअघिकी शिक्षामन्त्री भट्टराईको वरियता भने १८ औं नम्बरमा थियो । अहिले भने उक्त वरियता घटाएर आठौंमा ल्याइएको छ । नव नियुक्त शिक्षामन्त्री पन्तलाई परराष्ट्रमन्त्री आरजु राणाभन्दा पछाडिको वरियतामा राखिएको छ ।
previous post