86
डोटी।डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१, गोल्डेनमा आज बिहान सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार, धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक दुर्घटनामा परेको हो। ट्रक सडकबाट खस्दा चालक अर्जुन धामीसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाउने अन्य दुई जनाको सनाखत हुन बाँकी रहेको र दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।