120
काठमाडौं । सरकारले एकै पटक ४७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) हरूको सरुवा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ४७ जना सहसचिवको सरुवा तथा कामकाजका लागि खटाउने निर्णय गरेको हो ।

हालै सहसचिवमा बढुवा भएकाहरूको पनि कार्यालय तोकिएको छ । सरकारले सचिवमा बढुवा भएकी चन्द्रकला पौडेलको स्थान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बलराम रिज्याललाई पठाएको छ । उनी यसअघि गृह मन्त्रालयमा थिए ।