युवतीमाथि बुटवलमा गोली प्रहार, लुम्बिनी अस्पतालमा उपचार

Shares

बुटवल । बुटवल-११ बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार रैनादेवी छहरा घर भई हाल बुटवल-११ बुद्धनगरमा बसोबास गर्दै आएकी टिका बिष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो।
उक्त घटनामा उनको कम्मर माथि गोली लागेको जनाइएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्र बहादुर रानाका अनुसार घाइते बिष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ।

You may also like