कक्षा १२ को परीक्षा स्थगित भएको छैन, भ्रम फैलाउनेलाई कारवाही गर्छौं- राष्ट्रिय परीक्षा बोर्ड

Shares

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट गरेको छ । बोर्डले शुक्रबार विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै भ्रामक सूचना सम्प्रेषण भएकोप्रति कानुनी उपचार खोज्ने बताएको छ ।

शिक्षकहरुको आन्दोलन जारी रहेका समयमा वैशाख ११ गतेदेखि तय कक्षा १२ को परीक्षा स्थगित भएको सूचना भाइरल भएको थियो ।

परीक्षा जस्तो संबेदनशील विषयमा बोर्डको लेटरप्यादमा अनधिकृत र भ्रामक सूचना सम्प्रेषण भएको भन्दै बोर्डले साइबर कानुन अन्तर्गत आवश्यक कारवाहीको प्रक्रिया अगाडी बढाएको बताएको छ ।

बोर्डले राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटबाट आउने आधिकारीक सूचनालाई विश्वास गर्न र परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई अपिल गरेको छ ।

You may also like