यू–१४ वेस्टर्न क्रिकेट कप: आयोजक वेस्टर्न क्रिकेट एकेडेमी र देवदह क्रिकेट युनिटको शानदार जित

Shares

बुटवल। वेस्टर्न क्रिकेट एकेडेमीको आयोजना तथा बुटवल उपमहानगर पालिको आर्थिक सहयोगमा बुटवलको मैदानमा जारी यू–१४ वेस्टर्न क्रिकेट कप २०८१–८२ अन्तर्गत शुक्रबार दुई रोचक खेल सम्पन्न भएका छन्।

पहिलो खेलमा देवदह क्रिकेट युनिटले लुम्बिनी वर्ल्ड स्कुललाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी वर्ल्ड स्कुल १६.२ ओभरमा जम्मा ४७ रनमै समेटियो। नितिश ठाकुरले १६ रन बनाए भने अन्य ब्याट्सम्यान खासै टिक्न सकेनन्। देवदह तर्फ रोहन कुमारले २ विकेट लिएर मात्र ३ रन खर्चिए। रोमान कुमारले पनि २ विकेट लिएका थिए।

४८ रनको लक्ष्य पछ्याउन उत्रिएको देवदह क्रिकेट युनिटले ४.६ ओभरमा २ विकेट गुमाउँदै सहज जित हात पार्‍यो। रोहन कुमारले ३ विकेट लिनुका साथै ८ रन अविजित रहँदै टिमलाई जितसम्म पुर्‍याएका थिए। उनलाई खेलको उत्कृष्ट खेलाडी (म्यान अफ द म्याच) घोषित गरिएको छ।

यसैगरी, दोस्रो खेलमा आयोजक वेस्टर्न क्रिकेट एकेडेमी ले गाग्री एकेडेमी लाई ८ विकेटले पराजित गर्दै घरेलु मैदानमा शानदार प्रदर्शन गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको गाग्री एकेडेमीले १४.४ ओभरमा मात्र ३८ रन बनाउन सक्यो। आयोजक टोलीका सम्राट पोखरेलले ३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए। सुप्रिम कंडेल र श्रेयनास ज्ञवालीले समान ३–३ विकेट लिएर बलिङमा साथ दिएका थिए।

३९ रनको लक्ष्य आयोजक टोलीले २.२ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हात पार्‍यो। उत्कृष्ट बलिङ प्रदर्शन गरेका सम्राट पोखरेल म्यान अफ द म्याच घोषित भए।

You may also like

This will close in 0 seconds