शिक्षकका माग सम्बोधन गर्न संघीय संसदको अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

by समतल अनलाइन
Shares

काठमाडौ। संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नका लागि सरकारले संघीय संसदको अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले बैशाख १२ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईका अनुसार विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद्को अधिवेशन आह्वान गर्ने निर्णय भएको हो । संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय भएको मन्त्री भट्टराईको भनाई छ ।

उनका अनुसार बैठकले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको भन्दै अहिले विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय गरेको छ ।

You may also like

This will close in 0 seconds