बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु, लाइभ म्युजिकले थप्यो रौनक

Shares

बुटवल। नयाँ वर्ष २०८२ को अवसरमा बुटवलमा ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित सडक खाना महोत्सव सुरु गरिएको छ। रेष्टुरेन्ट एण्ड बार एशोसियसन नेपाल (रेबन) रुपन्देहीले आयोजना गरेको यो महोत्सव शुक्रबारदेखि सुरु भएको हो।

रेबन रुपन्देहीका अध्यक्ष प्रसन्न कोइरालाको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे थिए। मेयर पाण्डेले बुटवल जस्तो आर्थिक केन्द्रमा यस्ता कार्यक्रम हुनु सकारात्मक कुरा भएको बताए। उनले रेबनलाई धन्यवाद दिँदै नगरपालिकाले सहयोग गर्न तयार रहेको र सबैलाई महोत्सवमा सहभागी भइ खाना र संगीतको मजा लिन अनुरोध गरे।

अध्यक्ष कोइरालाले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न यो महोत्सव आयोजना गरिएको बताए। उनले रेष्टुरेन्ट व्यवसायीहरुको मनोबल बढाउन र उत्साह दिन महोत्सवको योजना बनाइएको उल्लेख गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, बुटवल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष टंक प्रसाद गैरे, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, उपाध्यक्ष कमल कुँवर, नेपाली कांग्रेसका नेता चिरञ्जीवी जोशी लगायत विभिन्न प्रतिनिधिहरूले मन्तव्य राखेका थिए।

कालिकापथस्थित मिलनचोक तिनकुने चोकदेखि कालिकानगर शिवालय मन्दिरसम्म फैलिएको महोत्सवमा ५० भन्दा बढी स्टल रहेका छन्। यहाँ लाइभ म्युजिक, सांस्कृतिक झाँकी, दोहोरी गीत, र विभिन्न परिकारहरु चाख्न पाइनेछ। महोत्सव तीन दिनसम्म चल्नेछ।

You may also like

This will close in 0 seconds