शिक्षक महासंघले चार सदस्यीय वार्ता टोली गठन गर्‍यो

Shares

काठमाडौँ।नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली गठन गरेको छ। सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली बनाइएको महासंघले जानकारी दिएको छ।

शिक्षा मन्त्रालयका सचिवले शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षक महासंघलाई बोलाएपछि वार्ता टोली बनाइएको हो। “हामीलाई पत्र पठाएर छलफलका लागि बोलाइएको थियो, हामी जाने निर्णय गरेका छौं,” पराजुलीले भनिन्।
वार्ता बिहीबार (चैत्र २८) हुने भए पनि समय भने शिक्षा सचिवसँगको छलफलपछि तय हुने बताइएको छ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गरिरहेका छन्। सरकारले यसअघि पनि तीन पटक वार्तामा बोलाए पनि महासंघले वार्तामा नजाने अडान लिँदै आएको थियो।

महासंघले संसद्को बर्खे अधिवेशन तत्कालै बोलाउने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेशमार्फत शिक्षा ऐन जारी गर्ने कुनै एक विकल्प सुनिश्चित भएपछि मात्र वार्तामा बस्ने भनिएको थियो।

You may also like

This will close in 0 seconds