मेरो जीवनको रक्षा भए २४ घण्टाभित्र उपस्थित हुन्छु : दुर्गा प्रसाई

Shares

काठमाडौं । फरार रहेका दुर्गा प्रसाईले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका छन् । आज (बुधबार) सामाजिक सञ्जाल फेसबुकमा लाइभ गर्दै प्रसाईले आफ्नो जीवनको रक्षाको सुनिश्चित भए २४ घण्टाभित्र प्रहरी समक्ष उपस्थित हुने बताएका हुन् ।

उनले भने, ‘मेरा वकिलहरू धुव्रलाल श्रेष्ठ, स्वागत नेपाल, टंक दुलाल, सुशील पन्त, डा. सुरेन्द्र भण्डारी, रमन श्रेष्ठ, डा. भिमार्जुन आचार्य र मानव अधिकारको रोहबरमा हो भने म भोलि २४ घण्टाभित्र पुलिस प्रशासनमा उपस्थित हुन्छु। मलाई खोज्नु पर्दैन । भारत भागेको भनिएको छ । म कतै भागेको छैन । नेपालमै छु । नेपालकै कुनै ठाउँमा बसिरहेको छु। मेरो जीवनको रक्षाको सुनिश्चित हुन्छ भने म बाहिर आउन तयार छु ।’

उनले आफू नभागेको र अहिले जोगिएर बसेको मात्र बताएका छन् । उनले भने, ‘म भागेको होइन । जोगिएको मात्र हुँ। म रहे भने यो अभियान सफल हुन्छ । यदि म रहिनँ भने यो अभियान त्यतिकै सकिन्छ।’

You may also like

skip


This will close in 5 seconds