अजय रसाइलीको जन्मदिन समाजसेवामा समर्पित

Shares

बुटवल।स्याङ्जा कारिकोट देबिका सुनचाँदी पसल तथा सप्लायर्सका प्रबन्धक अजय रसाइलीले आफ्नो जन्मदिन विशेष बनाएर समाजसेवामा समर्पित गरेका छन्। उनले फजुल खर्च नगरी जन्मदिनको अवसरमा नि:शुल्क आँखा जाँच शिविरको आयोजना गरेका हुन्।

रसाइली आफैँ सुन व्यवसायमा संलग्न छन्। सुन व्यवसायसँग जोडिएका कालिगढहरूले साना र सूक्ष्म काम गर्दा आँखामा समस्या हुने सम्भावना रहने हुँदा यस्तो शिविरले उनीहरूलाई समयमै स्वास्थ्य समस्या पत्ता लगाउन मद्दत पुर्याउने विश्वास उनले व्यक्त गरे।

“फजुल खर्च गर्नुको सट्टा केही उपयोगी काम गरौं भन्ने सोचले यसपटकको जन्मदिनमा आँखा शिविर राखिएको हो,” उनले भने।

शिविर मेट्रो आइकेयर लुम्बिनी बुटवल सुख्खानगरको प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। सो अवसरमा करिब ३०० जना भन्दा बढीले सेवा प्राप्त गरेका थिए।

कालिगढ संघ रुपन्देहीका अध्यक्ष कमल बि.सी.ले पछिल्ला दिनहरूमा जन्मदिन खर्चिलो र देखावटी बन्दै गएकामा अजय रसाइलीले सामाजिक कार्य गरेर सकारात्मक सन्देश दिएको बताए।

आफ्नो जन्मदिनलाई समाजसेवामा समर्पित गर्न पाउँदा आफू खुसी, सन्तुष्ट र भाग्यमानी महशुस गरेको रसाइलीले बताए।

You may also like

skip


This will close in 5 seconds