बुटवल। वेस्टर्न क्रिकेट एकेडेमीको आयोजना तथा बुटवल उपमहानगरपालिकोको सहकार्यमा जारी १४ बर्ष मुनिका टि-२० वेस्टर्न क्रिकेट कप अन्तर्गत बुधबार सम्पन्न दोस्रो सेसनको खेलमा रुपन्देही क्रिकेट एकेडेमीले आयोजक वेस्टर्न क्रिकेट एकेडेमी लाई १४ रनले पराजित गर्दै महत्वपूर्ण जित हासिल गरेको छ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रुपन्देही क्रिकेट एकेडेमीका भानुभक्त पाण्डे म्यान अफ द म्याच घोषित भए। उनले २२ बलमा अविजित १६ रन बनाउनुका साथै बलिङमा २ ओभरमा ८ रन खर्चिएर २ विकेट लिएका थिए।
टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही क्रिकेट एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११३ रन बनायो।
टोलीका लागि सामु मोहम्मद खानले १४ रन, सयिद अली मुसलमानले १४ रन तथा भानुभक्त पाण्डेले १६ रनको योगदान दिए।
बलिङमा आयोजक टोलीका सम्राट पोखरेलले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुप्रेम कंडेलले १ विकेट लिए भने बाँकी बलरहरूले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्।
११५ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको आयोजक टोलीको सुरुआत राम्रै भए पनि नियमित अन्तरालमा विकेट गुमाउँदा टोलीले दबाब झेल्न सक्ने अवस्था बनाइराख्न सकेन।
टोलीका सुस्कृत पौडेलले सर्वाधिक ३२ रन बनाएका थिए भने सुप्रेम कंडेलले १० रनको योगदान दिए।
बलिङ तर्फ रुपन्देही क्रिकेट एकेडेमी का सत्तार अली मुसलमान र सय्यम हरिजनले २–२ विकेट लिए। भानुभक्त पाण्डे, शोएब मुसलमान र अंकित शाहनीले १–१ विकेट लिए।
यसअघि भएको खेलमा देवदह क्रिकेट युनिटले नवज्योति एकेडमीलाई १६ रनले हराएको थियो ।