बुटवल । बुटवलमा जारी १४ बर्ष मुनिको टि-२० वेस्टर्न क्रिकेट कप अन्तर्गत छैठौं दिन बुधबार देवदह क्रिकेट युनिटले नवज्योति एकेडेमीलाई १६ रनले पराजित गर्यो।
वेस्टर्न क्रिकेट एकेडेमीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा भएको यो खेलमा रोहित कुँवरको ८८ रन र क्रिश केसीको ३ विकेटले देवदह क्रिकेट युनिटलको जित सुनिश्चित गर्यो।
नवज्योति एकेडेमीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्यो। देवदह क्रिकेट युनिटले २० ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनायो। रोहित कुँवरले ७४ बलमा १२ चौका प्रहार गर्दै ८८ रन बनायो, जबकि क्रिश केसीले १९ रन बनाए। नवज्योति एकेडेमीका अंशदीप सिंहले २ विकेट लिए।
नवज्योति एकेडेमीले १३६ रनको लक्ष्य पछ्याउँदा २० ओभरमा ८ विकेट गुमाउँदै ११९ रन बनायो। फुलचन्दले १९ रन बनायो भने अंशदीप सिंहले ६ रन बनाए। देवदह क्रिकेट युनिटका क्रिश केसीले ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे।