काठमाडौं । नेपाली बजारमा केहि दिन लगातार ओरालो लागेको सुनको भाउ आज (बुधबार) फेरि बढेको छ। अघिल्लो दिन मंगलबार तोलामा ४ सय रुपैयाँले घटेको सुन आज एकै दिन २ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको हो ।
यसअघि आइतबार १ हजार ९ सयले घटेको सुन सोमबार ७ सयले घटेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुन ३ हजार ९०० रुपैयाँले घटेको थियो । चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो ।
ऐतिहासिक रेकर्ड बनाएको सुनको मूल्यमा आइतबारदेखि निरन्तर गिरावट आए पनि आज फेरि उकालो लागेको हो।सुनको भाउ बढेसँगै चाँदी पनि वृद्धि भएको छ । आज ५ रुपैयाँले बढेर प्रतितोला चाँदी १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन मंगलबार एक तोला चाँदीको मूल्य १८ सय ३० रुपैयाँ कायम भएको थियो ।