शिक्षकका माग छिटो सम्वोधन गर ः मेयर खाँ

Shares

भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्वोधन गर्न नेपाल सरकारसगं आग्रह गरेका छन् ।

लामो समयदेखी शिक्षकहरु आन्दोलित हुदा नतिजा प्रकासन तथा नयाँ शैशिक्षसत्रको भर्ना अभियानलाई समेत असर परेको उल्लेख गर्दै उनले जायज र बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वाताबरण निमार्ण गर्न सरकार सगं आग्रह गरेका हुन । मगंलवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सविधान सभा सदस्य समेत रहेका मेयर खाँनले विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकहरूका मागहरू समावेश नभएको, शिक्षकहरूको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले २०८१ चैत्र २० गते देखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिका भित्रका विद्यालयहरूको शैक्षिक शत्र २०८१ नतिजा प्रकाशन, शैक्षिक शत्र २०८२ को भर्ना अभियान लगायतका शैक्षिक गतिविधिहरू प्रभावित भएको समेत जनाएका छन ।

‘यस्तो अवस्थामा नेपाल सरकारलाई शिक्षक महासंघका बिगतमा भएका सम्झौता अनुरुप जायज मागहरूलाई गम्भीरतापूर्वक विचार गरी शीघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारि गरी समस्या समाधान गर्न अनुरोध गर्दछु, उनले बिज्ञप्तिमा भनेका छन− शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु ।’ उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन ।

You may also like

skip


This will close in 5 seconds