काठमाडौंको उपत्यकाको वायु आज पनि अति अस्वस्थकर

Shares

काठमाडौं । काठमाडौं उपत्यकाको वायु आज (सोमबार) पनि अति अस्वस्थकर रहेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को मापनअनुसार काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ। प्रदूषणमा पहिलो स्थानमा भारतको नयाँदिल्ली हरेको छ । यस्तै, तेस्रो स्थानमा पाकिस्तानको लाहोर शहर छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

यस्तै, ५१ देखि १०० मध्यम, १०१ देखि १५० सम्म हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थ, ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ । लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ । चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन् ।

You may also like