145
काठमाडौं । राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाई काठमाडौंबाट भाग्न प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । उपत्यका प्रहरी कार्यालयले प्रसाईले तीनकुनेमा वितण्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी इटहरीमा फेला पारेको हो ।
बागमती प्रदेशको बी एबी ४२०८ नम्बरको स्कोरपियो इटहरीमा भेटिएपछि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । उनी इटहरी हुँदै भारत भागेको आशंका प्रहरीको छ । चैत १५ मा राजावादीले गरेको प्रदर्शनका प्रसाई जनकमाण्डर थिए । उनकै कमाण्डमा गरिएको अराजक प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो ।