एफएनजे कर्पोरेट कप इन्जिनयर टिम र मिडिया कप ग्लोबल आवाजलाई उपाधि

Shares

बुटवल।नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल ईन्जिनियर एशोसियसन र ग्लोबल आवाजले चुमेको छ । सोमबार भएको फाईनल खेलमा नेपाल ईन्जिनियर एशोसियसनले शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टिभीलाई ८–२ गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो ।

कर्पोरेट तर्फ विजेता एशोसियसन नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने । शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा एशोसियनकै प्रविन सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुदै पुरस्कृत भए ।

यसैगरी मिडिया कपतर्फ विजेता ग्लोबल नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टिभी नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ । प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोष्टका बिनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका ईन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गरेका छन ।
प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समुह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए ।

You may also like