फिनल्यान्ड र ग्रीस: अध्ययन तथा रोजगारीका आकर्षक गन्तव्य

Shares

बुटवल। आइडिबी ग्लोबल सेवाहरूको आयोजनामा बुटवलमा रुपन्देहीका शैक्षिक परामर्श संस्थाहरूलाई अध्ययन तथा रोजगारीका अवसरबारे अभिमुखीकरण गरिएको छ। सोमबार आयोजित कार्यक्रममा ५० भन्दा बढी शैक्षिक परामर्श व्यवसायीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख वक्ता आइडिबी ग्लोबल सेवाहरू नेपालका सञ्चालक ईश्वर घिमिरेले युरोपमा अध्ययन तथा बसोबासका अवसरबारे जानकारी गराए। उनले भने, “फिनल्यान्डमा पढ्न आउने विद्यार्थीहरूले परिवारका सदस्यहरूलाई पनि लैजान सक्ने सुविधा पाउँछन्। यहाँको शिक्षा प्रणाली विश्वकै उत्कृष्टमध्ये एक हो। साथै, फिनिस भाषा सिक्ने अवसरसमेत उपलब्ध भएकाले यहाँ अध्ययन गर्न चाहने विद्यार्थीका लागि यो राम्रो गन्तव्य बन्न सक्छ।”

आइडिबी ग्लोबल सेवाहरूका युरोपेली परामर्शदाता जीवन भुसालले युरोपेली मुलुकहरूमा अध्ययन तथा रोजगारीका अवसरबारे जानकारी गराउँदै भने, “विद्यार्थीहरूले फिनल्यान्ड, जर्मनी, स्विडेन लगायतका मुलुकहरूमा अध्ययनका लागि आवेदन दिन सक्छन्। फिनल्यान्डमा विश्वविद्यालयहरूको गुणस्तर उच्च छ र प्रविधि तथा अनुसन्धानका लागि राम्रो वातावरण छ।”

उनले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूले अध्ययनका अवसर गुमाउन नपरोस् भन्ने उद्देश्यले आइइएलटिएस, पीटीई तथा भाषा अध्ययनका लागि निःशुल्क तयारी गराउने जानकारी दिए।

बुटवल शाखा प्रमुख टंक पन्थीले विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने विषयमा जोड दिँदै भने, “विद्यार्थीहरूलाई नयाँ अवसरबारे जानकारी दिँदै आवश्यक सहजीकरण गरिन्छ। आइडिबी ग्लोबल सेवाहरू बुटवल शाखाले विशेष छुटमा आइइएलटिएस कक्षा सञ्चालन गर्दैछ, जसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको अध्ययनका लागि तयारी गर्न मद्दत गर्नेछ।”

त्यसैगरी रिजनल अफिसर मान बहादुर राईले ग्रीसमा अध्ययन तथा बसोबासका अवसरबारे जानकारी गराउँदै भने, “ग्रीसमा अध्ययन तुलनात्मक रूपमा सस्तो छ। यहाँका विश्वविद्यालयहरू पुरानो इतिहास बोकेका छन् र अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित छन्। बसोबासको हिसाबले पनि ग्रीस निकै सुरक्षित छ।”

ग्रीसमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि प्रमुख आकर्षण भनेको यसको ऐतिहासिक विश्वविद्यालयहरू, किफायती शिक्षण शुल्क, र सुखद मौसम रहेको छ। त्यस्तै, फिनल्यान्डले उच्च शिक्षा, प्रविधि, अनुसन्धान र रोजगारीका अवसरहरू उपलब्ध गराउँछ। यहाँ स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू अङ्ग्रेजी भाषामा उपलब्ध छन्, जसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अध्ययन सहज बन्छ।

कार्यक्रममा सहभागी परामर्श व्यवसायीहरूका अनुसार, यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यार्थीहरूलाई विदेश अध्ययनका अवसरबारे विस्तृत जानकारी दिने तथा सही निर्णय लिन मार्गदर्शन गर्ने विश्वास गरिएको छ।

You may also like