बुटवल । निजामती कर्मचारी संगठन रुपन्देहीले नयाँ वर्ष २०८२ सालको क्यालेन्डर (पात्रो) बिमोचन, शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
क्यालेन्डरको शनिबार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमीश्वर ढकाल, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरे, कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुली, लुम्बिनी प्रदेश सह इन्चार्ज नारायणप्रसाद भण्डारी, केन्द्रीय सदस्य प्रेमप्रसाद खनाल, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा पेशागत इन्चार्ज मेघदेव पन्त, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कल्पना थापा लगायतले विमोचन गरे ।
कार्यक्रममा बोल्दै मन्त्री ढकालले लुम्बिनी प्रदेशले कर्मचारीमैत्री प्रदेश तथा स्थानीय निजामती सेवा ऐन निर्माण गरेको बताए । संघीय सरकारले बनाउने निजामती सेवा ऐनमा प्रदेशले समावेश गरेका नवीनतम व्यवस्था पनि समेट्न आवश्यक रहेको उनको भनाइ थियो । सरकारका योजना सफल बनाउने मेरुदण्ड कर्मचारी प्रशासन भएको बताउँदै मन्त्री ढकालले देशलाई सही बाटोमा हिँडाउन कर्मचारी र राजनीतिकर्मी मिलेर जनताका निराशालाई आशामा परिणत गर्नुपर्ने धारणा राखे । साथै उनले संगठन भन्दा बाहिरका साथीहरुलाई समेटर सदस्यता विस्तार सँगै समग्र कर्मचारीको हक हितका लागि अभिभावकीय संगठनका रुपमा काम गर्न आग्रह गरे ।
कार्यक्रममा कर्मचारी संगठन रुपन्देहीका अध्यक्ष कमल पराजुलीले जिल्लाका सम्पूर्ण कर्मचारीहरुलाई गोलबद्ध गर्दै हक हितका लागि काम गर्ने प्रतिवद्धता जनाए । साथै उनले संगठनलाई थप बलियो बनाउनका लागि सदस्यहरुलाई एकजुट भई अघि बढ्न आग्रह गरे । यस्तै कार्यक्रममा निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश सह इन्चार्ज नारायणप्रसाद भण्डारी, निजामती कर्मचारी संगठन बुटवल नगर अध्यक्ष लक्ष्मण भट्टराई, एमाले रुपन्देही जिल्ला कमिटी सदस्य तथा पेशागत इन्चार्ज मेघदेव पन्त लगायतले आआफ्नो भनाई राखेका थिए ।
सोही अवसरमा रुपन्देहीबाट संगठनको प्रदेश र केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने कर्मचारीहरु र जिल्लाको १२औँ अधिवेशनलाई सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न व्यक्तीहरुलाई सम्मान समेत गरीएको थियो । कर्मचारी संगठन रुपन्देहीका उपाध्यक्ष विष्णु खनाल पन्थीको स्वागत तथा सचिव पदम थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।