कांग्रेसको निष्कर्ष : तीनकुने घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्छ

Shares

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले तीनकुने क्षेत्रमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ । आज (शनिबार) बसेको कांग्रेसको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रकै निर्देशनमा तीनकुनेमा प्रदर्शन भएको र अराजकता फैलाइएको आरोप लगाएको छ ।

राजावादीहरूको पूर्व योजनाअनुरुप निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रक्ता प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए । गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए ।

‘राजावादीहरूले जुन हिसाबले लक्षित गरी आक्रमण गर्‍यो । निजी घर, व्यासायिक घर, मिडिया हाउसमा तोडफोड गरियो । त्यको कांग्रेसले भत्र्सना गरेको छ,’ प्रवक्ता महतले भने, ‘यो निरंकुश शासन लाद्ने मनसायका साथ यो घटना घटाइएको छ । सिधै यहाँ–यहाँ आक्रमण गर्ने योजना भएको छ । यसको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ ।’

पूर्वराजाकै निर्देशनमा तीनकुनेमा अराजकता फैलाउनेहरू भेला भएको कांग्रेसको आरोप छ । तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाही गर्न कांग्रेसले माग गरेको महतले बताए । उनले छिट्टै यस विषयमा सर्वदलीय बैठक आह्वान हुने बताए ।

You may also like