तीनकुने घटनामा दमन भयो, सरकारले नै जिम्मा लिनुपर्छ : राप्रपा

Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबारको प्रदर्शनमा भएको हिंसात्मक गतिविधिमा सरकार नै दोषी भएको ठहर गरेको छ । राप्रपाको आज (शनिबार) बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीनकुनेमा भएको हिंसात्मक गतिविधिको दोषी सरकार भएको भन्दै घटनाको जिम्मेवारी पनि सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको हो ।

यस्तै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न पनि राप्रपाले माग गरेको छ । यसैगरी सञ्चार गृहमा भएको क्षतिको क्षतिपूर्तिको पनि राप्रपाले माग गरेको छ । यस्तै हिंसाका क्रममा मारिएका सविन महर्जन र सुरेश रजकलाई शहीद घोषणा गर्न पनि माग गरेको छ ।

You may also like