धर्मगुरु पुष्कर खतिवडा पक्राउ

Shares

काठमाडौं । प्रहरीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले उनलाई ललितपुरको इमाडोलबाट आज बिहान पक्राउ गरेको हो ।

शुक्रबार काठमाडौँको तीनकुनेमा राजावादी गरेको हिंसात्मक आन्दोलनमा उनले ढुंगा हान्दै अरूलाई पनि उक्साएका थिए । हिंसात्मक राजावादी आन्दोलन प्रकरणमा पक्राउन पर्नेको संख्या ११० पुगेको छ । शुक्रबार राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गर्ने नाममा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकले तीनकुने क्षेत्रमा हिंसा, हत्या, तोडफोड गरेका थिए ।

सोही घटना अनुसन्धानका क्रममा प्रहरीले शनिबार बिहानसम्म ११० जनालाई पक्राउ गरिएको जानकारी दिएको हो । सोही काण्डमा प्रहरीको विशेष टोलीले धर्मगुरु पुष्कर खतिवडालाई पनि पक्राउ गरिसकेको छ भने राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायत नेता शुक्रबारदेखि नै प्रहरीको नियन्त्रणमा छन् । तीनुकने हिंसाका जनकमाण्डर दुर्गा प्रसाईं भने फरार छन् । प्रहरीले उनको खोजी तीब्र पारेको छ ।

You may also like