म्यानमार भूकम्प : मृत्तकको संख्या १४४ पुग्यो, कति छन् घाइते ?

Shares

काठमाडौं । म्यानमारमा शक्तिशाली भूकम्पका कारण कम्तीमा १४४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३२ जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङलाई उदधृत गर्दै बीबीसीले जनाएको छ । भूकम्पले म्यानमारमा बिजुली, टेलिफोन र इन्टरनेट पनि बन्द भएको छ । म्यानमारमा सन् २०२१ देखि सैन्य शासन छ ।

थाइल्याण्डमा पनि भूकम्पका कारण एउटा भवन भत्किँदा भूकम्पमा परी अहिलेसम्म तीन जनाको मृत्यु भएको छ । तर, त्यसयता थाई प्रशासनले कति जनाको मृत्यु भएको छ वा कति घाइते भएका छन् भन्ने जानकारी दिएको छैन ।म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्ड र चीनमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्प पीडितलाई सहयोग गर्न चिनियाँ विपद् प्रतिक्रिया टोली म्यानमार पुगेको छ ।

You may also like