45
काठमाडौं । गृहमन्त्री रमेश लेखक राजावादीहरूले क्षति पुर्याएको तीनकुने–कोटेश्वर क्षेत्रको अनुगमन गर्ने भएका छन्। मन्त्री लेखक बिहान ९ बजे त्यस क्षेत्रमा अनुगमनका लागि जाने उनको सचिवालयले जनाएको छ ।
शुक्रबार राजतन्त्रका पक्षमा आयोजित आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको अनुमान गरिएको छ । हिंसात्मक आन्दोलनका क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको छ भने आन्दोलनकारीहरुले तीनकुने लगायत आसपासका क्षेत्रमा कयौं घरहरू तोडफोड गरेका छन् ।
केही मलहरूमा लुटपाट गरेका छन् । सरकारी र निजी गाडीहरुमा तोडफोडका साथै आगजनी गरेका छन् । जडीबुढी कम्पनीमा आगो लगाइदिएका छन् । त्यस क्षेत्रमा आज बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाइएको थियो । अहिले हटाइएको छ ।