200
बुटवल । रुपन्देहीको तिलाेत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठककाे सडक दुर्घटनामा निधन भएकाे छ।
तिलाेत्तमा नगरपालिका वडा नं २ जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चाैराहमा दुर्घटनामा परेका थिए।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३:३३ बजे आफैंले चलाएकाे लु ३६प ८४४८ नम्बरको माेटरसाईकलमा बुटवल तर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएकाे हाे।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घाेषणा गरेका थिए।