भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला नेतृहरु बिच अन्तरसम्वाद गराउने भएको छ । पुर्व राष्ट्रपति बिद्या देवि भण्डारीको प्रमुख आतिथ्यतामा लुम्बिनी प्रदेश भित्रका महिला जनप्रतिनिधीहरु बिच यही चैत १६ गते शनिवार पटवा बेङक्युटमा अन्तरसम्वाद कार्यक्रम आयोजना गरीएको सिद्धार्थनगर नगरपालिकाका उप प्रमुख उमा अधिकारीले जानकारी दिईन ।
कार्यक्रममा नेपालि कांग्रेसको तर्फबाट केन्द्रीय सदस्य गंगा शाही, एमालेबाट पार्टी केन्द्रीय सचिव पद्मा अर्याल र माओबादी केन्द्रको तर्फबाट पुर्व सचांरमन्त्री रेखा सर्मा बक्ताको रुपमा आमन्त्रण गरीएको छ । उद्घाटन र बन्द गरी दुई सत्रमा कार्यक्रम आयोजना गरीएको र उक्त कार्यक्रममा लुम्बिनी प्रदेसका महिला सभासद, स्थानीय तहका महिला प्रमुख उप प्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडा अध्यक्ष, महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरीएको उप प्रमुख अधिकारीले जानकारी दिईन ।