सांसद शाहीको आरोप : प्रचण्ड सारै बाठा छन्, टिआरसीसँग कुलमान साटेछन्

Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक एवं सांसद ज्ञानेन्द्र शाहीले सरकारले कुलमान घिसिङलाई हटाएर माओवादीलाई उन्मुक्ति दिने खेल गरेको आरोप लगाएका छन् । आज (सोमबार) साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै सांसद शाहीले तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा भएको गोप्य बैठकमा यस्तो सहमति भएको दाबी गरेका हुन् ।

उनले लेखेका छन्, ‘कमरेड प्रचण्ड सारै नै बाठो छन्, टिआरसीसँग कुलमान पो साटेछन् ।’ शाहीले उक्त गोप्य बैठकमा कुलमान घिसिङलाई हटाउने र माओवादी द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लंघनका घटनामा पक्राउ नगर्ने, मुद्दा नचलाउने गरी टिआरसी विधेयक जस्ताको तस्तै पास गराउने सहमति भएको दाबी गरे ।

शाहीले स्टाटसमा लेखेका छन्, ‘बधाई छ कमरेड प्रचण्ड’
सरकारले माओवादी नेताहरूलाई उन्मुक्ति दिने र जनप्रिय व्यक्तित्व कुलमान घिसिङलाई बलि चढाउने तयारी गरेको शाहीको आरोप छ ।

You may also like