120
बुटवल । रुपन्देहीमा जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगितामा संकटा एफसीले अन्तिम चारमा स्थान बनाएको छ। सोमबार भएको खेलमा जर्जियन एफसी भारतलाई ४-० गोल अन्तरले पराजित गर्दै संकटा अन्तिम चारमा स्थान बनाएको हो ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा भएको रोमान्चक खेलमा संकटाको जितमा सृजनराज गौतम नायक रहे।उनले खेलको ४० मिनेटमा गोल गरे। डिबक्स नजिक निर्मल घिसिङको पासमा सृजनराज गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै सेकेन्ड बारबाट जाली चुमाए। पहिलो हाफ १ गोलको अग्रता लिएको संकटा दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो। खेलको ८६ औ मिनेटमा सृजनराज गौतमले गोल थपे। वन भर्सेज वनमा गौतमले जर्जियनका किपर विबेक राईलाई बिट गर्दै ब्यक्तिगत दोस्रो गोल गरे। खेलको ईन्जुरी समयमा गौतमले थप दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
previous post