प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको अध्यक्षमा नवराज कुंवर, १५ सदस्यीय कार्यसमिति चयन

by समतल अनलाइन
Shares

बुटवल । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको प्रथम अधिवेशनले नवराज कुंवरको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष विष्णु भुसाल, महासचिव माधव नेपाल, कोषाध्यक्ष गौतम भुसाल, सचिवहरू आशिष गुप्ता, विनोद पौडेल र दीपक घिमिरे चयन भएका छन्। 

त्यस्तै, सदस्यहरूमा जगदीश भट्टराई, विष्णु गैरे, गोपाल भट्टराई, मेघराज गौतम, चन्द्रकान्त न्यौपाने, उषाकिरण पन्थ रहेका छन्। मनोनीत सदस्यहरूमा राधा वस्नेत र सिद्धार्थ पाण्डे चयन भएको प्रमुख निर्वाचन अधिकृत महेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

यसैगरी, संघको सल्लाहकारमा डा. बालकृष्ण चापागाईं, देवी वाग्ले र शुक्रऋषि चौलागाईं मनोनीत भएका छन्।

You may also like