185
तवन । नेपाल पत्रकार महासंघ चितवन शाखाकी सदस्य संगीता बानियाँको निधन भएको छ । ब्रेन क्यान्सर पीडित बानियाँको उपचारको क्रममा आज बिहान २ः४५ बजे चितवन मेडिकल कलेजमा निधन भएको उनको परिवारले जनाएको छ ।
पत्रकार बानियाँको पार्थिव शरीर केहिबेरमा भरतपुर–१६ शिवनगरस्थित आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिँदैछ । उनको शव आफ्नै घरमा लगेर अन्तिम संस्कारको लागि देवघाट लगिने उनका जेठाजु श्याम सिलवालले जानकारी दिए। बानियाँको उपचारमा आर्थिक अभाव भएपछि केही समयदेखि आर्थिक संकलन अभियान सञ्चालन भइरहेको थियो ।
previous post