जिल्ला अधिवेशनका लागि नेकपा एस रुपन्देहीमा प्रतिनिधि छनौट

Shares

बुटवल।जिल्ला अधिवेशनका लागि नेकपा एकिकृत समाजवादी रुपन्देहीका सबै निर्वाचन क्षेत्रमा सर्वसम्मत प्रतिनिधि छनौट भएको छ । पार्टी विधान अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार बनाएर शनिबार र आईतबार गरी सर्वसम्त प्रतिनिधि छनौट गरिएको हो ।

आउदो चैत ८ र ९ गते हुने निर्वाचनका लागि रुपन्देहीका प्रतिनिधिसभाका ५ वटा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गरिएको हो । यसपटक प्रतिनिधि नभएकाहरु जिल्लाको अधिवेशनमा सहभागी हुन नपाउने व्यवस्था समेत गरेको नेकपा एकिकृत समाजवादी रुपन्देहीका इन्चार्ज तथा पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेले बताए । यसअघि जिल्लाका पदाधिकारी तथा सदस्यहरु स्वत प्रतिनिधि हुने प्रावधान रहँदै आएकोमा रुपन्देहीमा प्रतिनिधि अनिवार्य हुने व्यवस्था गरिएको हो ।

५ वटै निर्वाचन क्षेत्रमा समावेशिताका आधारमा महिला, दलित, तथा खुल्ला क्षेत्रबाट प्रतिनिधि सर्वसम्मत भएको उपसचिव टंक पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रतिनिधि छनौट भएसँगै अब अधिवेशनको अन्य तयारीका कामहरु शुरु भएको छ । शनिबार ४ वटा निर्वाचन क्षेत्र र आईतबार ५ नम्बरको गरी ५ वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट भई जिल्लामा प्रतिनिधिहरुको नाम आएको अर्का उपसचिव मिरा श्रीसले बताईन ।

You may also like