युक्रेनसँग युद्धविराम गर्ने प्रस्ताव रुसले गर्‍यो ठाडै अस्वीकार, ट्रम्पलाई धक्का

Shares

काठमाडौं । युक्रेनसँग एक महिनाको लागि युद्धविराम गर्न अमेरिकी प्रस्तावलाई रुसी राष्ट्रपतिका सहयोगीले ठाडै अस्वीकार गरेका छन् । रुसी राष्ट्रपति भ्लादिभिर पुटिनका सहयोगी युरी उशाकोवले युक्रेनसँग युद्धविराम गर्न अस्वीकार गरेका हुन् ।

उनले युद्धविरामले युक्रेनलाई अस्थायी राहत दिने बाहेक केही हुँदैन । ‘यो युद्धविरामले युक्रेनी सेनालाई अस्थायी राहत प्रदान गर्नुको साथै उनीहरूलाई संगठित बन्न दिने अवसरबाहेक केही हुँदैन,’ उनले भनेका छन्। उनले रुसले युक्रेनमा दीर्घकालीन शान्ति चाहेको उल्लेख गरे । त्यसका लागि रुसले युक्रेनमाथि गरेको चिन्तालाई मनन गर्न उनको आग्रह छ । उनले यस विषयमा अमेरिकासँग शान्तिपूर्वक छलफल जारी रहेको दाबी गरेको छ ।

हालै साउदीमा भएको अमेरिका र युक्रेनबीचको छलफलले तत्कालका लागि एक महिनाको लागि युद्धविराम गर्न युक्रेन राजी भएको थियो । यसै विषयमा छलफल गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुस जाने तयारी गरेको बताइएको छ । युद्धविरामका लागि रुसलाई पनि मनाउनेमा ढुक्क देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पलाई रुसको यस्तो अडानले धक्का लागेको छ ।

You may also like