सुनगाभा गोल्डकप: कपिलवस्तु ११ फाइनलमा, महावीर क्लब पराजित

by समतल अनलाइन
Shares

बुटवल । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को अन्तिम सेमीफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएको छ। उसले महावीर क्लब काठमाडौंलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी क्रममा महावीर क्लबका खेलाडी, जर्सी नम्बर ७ का अरुण चौधरीले प्रहार गरेको बल बाहिरिएपछि कपिलवस्तु ११ ले फाइनल यात्रा तय गरेको प्रतियोगिताका संयोजक अशोक खड्काले जानकारी दिए।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजना तथा सैनामैना नगरपालिका, रुपन्देहीको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ।

साथै, प्रतियोगिताको मुख्य प्रायोजक सुनगाभा पब्लिक स्कुल, सैनामैना रहेको छ। सेमिफाइनलमा पराजित हुने टोलीहरूलाई पनि ४०–४० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष प्रविन भारीले जानकारी दिए। फाइनल खेल यही फागुन २८ गते सम्पन्न हुनेछ।

You may also like

This will close in 0 seconds