अभिषेक चर्च रजहर सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा प्रवेश

by समतल अनलाइन
Shares

सैनामैना। सैनामैना–४ स्थित सैनामैना फुटबल रंगशालामा आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा अभिषेक चर्च रजहरले घरेलु टोली मुर्गिया फुटबल क्लबलाई २-० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

अभिषेक चर्चको जितका लागि विदेशी खेलाडी मार्टिनेसले उत्कृष्ट प्रदर्शन गर्दै दुवै गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मार्टिनेसले दोस्रो हाफको ६८औं र ७८औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका मार्टिनेस ‘म्यान अफ द म्याच’ घोषित भए र उनले नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे।

प्रतियोगिताको दोस्रो सेमिफाइनल सोमबार दिउँसो ३ बजे महावीर क्लब काठमाडौं र कपिलवस्तु-११ बीच हुनेछ भन्ने जानकारी खेल संयोजक अशोक खड्काले दिएका छन्।

मुर्गिया फुटबल क्लब, सैनामैना–४, मुर्गियाको आयोजनामा जारी प्रतियोगितालाई सैनामैना नगरपालिकाले संरक्षकत्व प्रदान गरेको छ। प्रतियोगिताको विजेता टोलीले उपाधिसहित नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलीले ४ लाख रुपैयाँ हात पार्नेछ।

मुख्य प्रायोजक सुनगाभा पब्लिक स्कुल रहेको प्रतियोगितामा सेमिफाइनलमा पराजित हुने दुई टोलीलाई जनही ४०-४० हजार रुपैयाँ प्रदान गरिने क्लब अध्यक्ष प्रविन भारीले जानकारी दिए।

प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुने तय भएको छ।

You may also like