सुनगाभा गोल्डकप : भारतको डोङ्ग्री एफसीलाई पराजित गर्दै मुर्गिया एफसी सेमिफाइनलमा

Shares

सैनामैना । रुपन्देहीको सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको शुक्रबार सम्पन्न खेलमा जित दर्ता गर्दै आयोजक मुर्गिया फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । भारत सिक्कीमको डोङग्री फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक मुर्गिया सेमिफाइनलमा प्रवेश गरेको हो ।

मुर्गिया फुटबल क्लवले पहिलो र दोश्रो हाफमा एक दर्जन बढी पोष्ट आक्रमण गरेको थियो । पहिलो हाफको १० औँ मिनेटमै मुर्गियाका खेलाडीले प्रहार गरेको सुट पोष्टमा लागेर बाहिरियो । त्यसैगरी डि एरियाबाट कैयौपटक पाएका पोष्ट आक्रमण गोलमा परिणत हुन सकेनन् ।

दोश्रो हाफमा पनि त्यही अवस्था दोहोरियो । आयोजक क्लबको धेरै राम्रा अवसर र प्रयास गोलमा परिणत हुन सकेन । भारतको डोङ्ग्री फुटबल क्लब सिक्किम दवावमा खेल्न बाध्य भएको थियो । अन्ततः खेल सकिन ६ मिनेट बाँकी हुँदा कठिन संघर्षका बीच मुर्गिया एफसीले पाएको फ्रि किकलाई जर्सी नंं ८ का खेलाडी एरोन थापाले जाली चुमाउन सफल भए । उनी शुक्रबारको खेलको म्यान अफ दि म्याच घोषित भए ।

खेलको पहिलो र दोश्रो हाफमा सुरुदेखि नै खेललाई आफ्नो नियन्त्रणमा लिएको आयोजकका लागि पेनाल्टीमा जाने अवस्था घातक हुन सक्थ्यो तर अन्तिम समयमा एक गोल गरि आयोजक मुर्गिया फुटबल क्लवले सेमीफाईनलको यात्रा तय गरेको छ । खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । भोली शनिवारको खेल कपिलवस्तु ११ र फर्साटिकर युथ फुटवल क्लवबीच हुनेछ ।

You may also like