अमेरिकालाई चीनको चेतावनी : जुनसुकै युद्धका लागि तयार छौं

by समतल अनलाइन
Shares

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भन्सार शुल्कपछि आक्रोशित चीनले अमेरिकालाई खुला चेतावनी दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न तयार रहेको जनाएको हो ।

चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौं ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन् । यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए ।

बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएको छ । ट्रम्पको कदम लगत्तै मंगलबार चीनले पनि अमेरिकाबाट चीन आउने धेरै कृषि उत्पादनमा फेब्रुअरीमा जस्तै १० देखि १५ प्रतिशतसम्मको भन्सार शुल्क लगाएको छ । चीन अमेरिकी मकै, गहुँ र भटमास जस्ता धेरै अमेरिकी उत्पादनका लागि सबैभन्दा ठूलो बजार हो ।

You may also like

This will close in 0 seconds