अमेरिकामा अवैध रूपमा बसेका १० नेपालीलाई ल्याइयो स्वदेश

काठमाडौं । अमेरिकाले अध्यागमन कानून उल्लङ्घन गर्ने १० नेपाली नागरिकलाई अमेरिकी चार्टर विमानमार्फत नेपाल ल्याएको छ ।

गैरकानूनी नेपाली आप्रवासी बोकेको अमेरिकी जीआरपी–२३ विमान बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

१० नेपाली मध्ये केही गैरकानूनी तरिकाले अमेरिका बस्दै आएका र केही त्यहाँको अध्यागमन कानून उल्लङ्घन गरी निष्काशनमा परेका व्यक्ति हुन् ।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकाे अवैध आप्रवासी फिर्ता पठाउने नीति अनुसार उनीहरूलाई नेपाल पठाइएको हो ।

 
 
  
 

You may also like