भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र नेपाल टे«जर कार्वन लिमिटेड बिच नगरका ग्रामिण तथा परम्परागत चुलो प्रयोग गर्दै आएका घर परिवारमा सुधारीएको चुलो बितरण गर्न सम्झौता भएको छ ।
कार्वन कम उत्सर्जन कम गरी जलवायु परिबर्तनको असर कम गर्ने उदेश्यले स्थापन भएको यो संस्थाले खाना पकाउदाँ दाउरा तथा गुईठा प्रयोग कम गर्न सुधारीएको चुलो बितरण गर्ने गर्दछ । नगरपालिकामा पनि त्यस्ता घर परिवारको एकीन गरी सुधारीएको चुलो बितरण गर्न मंगलवार सिद्धार्थनगर पालिकाका प्रमुख इश्तियाक अहमद खाँ र संस्थाको तर्फबाट टे«जर कार्वन लिमिटेड नेपालका प्रमुख स्टेभेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि उक्त संस्थाले नगरपालिकाको सहयोगमा सुरुमा परम्परागत चुलो प्रयोग गर्ने घर परिवारको छनौट गर्ने छ । छानौट पश्चता सम्झौताको ६ महिना भित्र सुधारीएको चुलो बितरण गर्ने लक्ष्य लिईएको संस्थाकी प्रवन्ध निर्देशक समिक्षा बरालले जानकारी दिईन ।

उनका अनुसार यो चुलोको प्रयोगले साठी प्रतिसत दाउरा तथा गुईठाको प्रयोग कम गर्ने छ । जसबाट कम दाउराको प्रयोगमा छिटो खाना पाक्नुका साथै कार्वन उत्सर्जनमा पनि कमी ल्याउने छ । सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले नगरवासिको स्वास्थ्यमा सुधार ल्याउने, वातावरण प्रदुषण कम गर्ने एवं खाना पकाउदाँ दाउरा, गुईठाको लागत कम गर्ने उदेश्यले नगरवासिलाई आधुनिक एवं सुधारिएको चुलो बितरण गर्न संस्थासगं सहकार्य गरिएको जानकारी दिए ।