45
पाल्पा। पाल्पामा घरायसी विवादका क्रममा बुवा र दिदीको कुटपिटबाट एक युवकको ज्यान गएको छ।
बगनासकाली गाउँपालिका–२, पोखराथोकका ३९ वर्षीय यज्ञबहादुर कुमालको कुटपिटका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

फागुन १५ गते पारिवारिक विषयमा विवाद हुँदा ६३ वर्षीय बुवा शेरबहादुर कुमाल र ४५ वर्षीया दिदी देवी कुमालले यज्ञबहादुरलाई कुटपिट गरेका थिए। कुटपिटपछि गम्भीर अवस्थामा रहेका उनलाई उनकी श्रीमतीले तानसेनस्थित मिसन अस्पताल पुर्याएकी थिइन्, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
प्रहरीले घटनामा संलग्न बुवा र दिदीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।