प्रकृति लम्सालको परिवारलाई कांग्रेस नेता शेखर कोइरालाको भेट, निष्पक्ष छानबिनको माग

बुटवल। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन्।

शनिबार रुपन्देहीको भैरहवास्थित लम्साल निवासमा पुगेर कोइरालाले परिवारजनसँग भेट गरेका हुन्। उनले प्रकृतिको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्। कोइरालाका अनुसार नेपाली कांग्रेस र सरकार दुवैले घटनालाई गम्भीर रूपमा लिएका छन् र आवश्यक प्रक्रिया अघि बढाइएको छ।

त्यसैगरी, कोइरालाले केआईआईटी कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूका लागि सुरक्षित होस्टेल, अध्ययनमैत्री वातावरण तथा आवश्यक सहुलियतको विषयमा पहल भइरहेको जानकारी गराए।

लम्साल परिवारलाई भेट्न कोइरालासँगै कांग्रेस सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डविक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय पनि सहभागी थिए।

 
 
  
 

You may also like