1.1K
बुटवल।रुपन्देहीको मायादेवी गाउँपालिका-२ मा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार २९ वर्षीय राकेशसिंह लोधलाई आज बिहान करिब ८:१५ बजे आफ्नै घरको बरन्डामा रक्ताम्मे अवस्थामा फेला पारिएको थियो। प्रारम्भिक अनुसन्धानले गोली प्रहारका कारण उनको मृत्यु भएको देखाएको छ।
डिएसपी कार्कीले थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। प्रारम्भिक विवरण अनुसार घरमा केही समयदेखि घरायसी विवाद रहेको र घटनापछि मृतकका दाजु फरार रहेकाले प्रहरीले उनको खोजी गरिरहेको छ।