भैरहवा।रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँ बगंलादेस प्रस्थान गरेका छन । स्वस्थ्य तथा सरसफाई सम्बन्धी अन्तरदेसीय सम्मेलन २०२५ मा सहभागी हुन उनि सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको नगर प्रमुख खाँका स्वकीय सचिव ईन्जिनियर बरकत बादशाह शेषले जानकारी दिए । सम्मेलन बगंलादेसको राजधानी ढाकामा फेबु्रवरी २५ र २६ (मगंलवार र बुधवार) हुने छ ।
यो सम्मेलनले उद्योग र शिक्षाविद्, नीति निर्माताहरू, विकास साझेदारहरू र अनुसन्धानकर्ताहरू सगं सहकार्य गरी ज्ञान आदान प्रदान गर्ने र वास्तविक प्रगतिलाई ब्यबहारमा लागु गर्ने उदेश्य लिएको छ ।
सरसफाइ क्षेत्रमा मुख्य सत्रहरू, प्यानल छलफलहरू, प्रदर्शनीहरू र नेटवर्किङहरू मार्फत अवसरहरू, विश्वव्यापी सरसफाइ चुनौतीहरूको सामना गर्ने र नवीनतालाई प्रेरित गर्ने लक्ष्य सम्मेलनको रहेको छ । दुई दिने सम्मेलनमा “सफाइको भविष्य“, विश्वव्यापी सरसफाइ आवश्यकताहरू पूरा गर्न अग्रगामी सोच तथा समाधानहरू लगायतका बिषयमा छलफल हुने छ ।