रूपन्देही । राष्ट्रिय पराेपकार महासंघ नेपालले रूपन्देही जिल्ला कार्यसमितिकाे तत्वावधानमा परोपकार कुञ्ज धाम निर्माण गर्ने उद्देश्यले आयोजना गरेकाे महायज्ञमा दाताहरूले दान गर्ने क्रम जारी रहेकाे छ । परोपकार कुञ्ज धाम निर्माणार्थ गत फागुन ४ गतेदेखि सुरू भएकाे महायज्ञमा आजसम्म ९१ लाख ३० हजार २ सय ५३ रूपैयाँ संकलन भएकाे यज्ञ मूल आयाेजक समितिले जनाएकाे छ ।
लुम्बिनी प्रदेशस्थित बुटवल उपमहानगरपालिका १५ नम्बर वडा कार्यालयले परोपकार कुञ्ज धाम निर्माणका लागि १० लाख ५१ हजार ५ सय ५५ रूपैयाँ दान गरेकाे छ ।
बुटवल उपमहानगरपालिका-१५, रुपन्देहीस्थित साना किसान कृषि सहकारी संस्थाले १ लाख १ सय १५ रूपैयाँ कुञ्ज धाम निर्माणका लागि दान गरेकाे छ । सिद्धार्थनगर नगरपालिका-८ रुपन्देही निवासी शान्ती भट्टराई अधिकारी/हरी अधिकारी, हरिकला भट्टराई, विजय अधिकारी र अजय अधिकारीद्वारा १ लाख ५१ हजार १ सय ५१ रूपैयाँ दान प्राप्त भएकाे छ ।
त्यस्तै महायज्ञमा बिहीबार बुटवल उपमहानगरपालिका-१२, रुपन्देही निवासी श्री वेदप्रसाद काफ्ले उपाध्यायले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी डिल्लीप्रसाद रिजाल (डोलेन्द्र)ले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी नरबहादुर शाही/ हिमा शाहीले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी लक्ष्मीदेवी न्यौपाने रेग्मी / रामप्रसाद रेग्मीले २५ हजार ६ सय ५५ रूपैयाँ, रुपन्देही निवासी श्री रामलाल जैसी भुसाल / नरी जैसी भुसालले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी खागनाथ सुवेदी / सुमित्रा सुवेदीले २६ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी रुद्र गिरी (दिपक) ले २५ हजार ५ सय ५५ रूपैयाँ, शुद्धाेधन गाउँपालिका-३, रुपन्देही निवासी कृष्णप्रसाद काफ्लेले २५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी दिलकुमारी भण्डारी मगर / हरि भण्डारी मगले १६ हजार ४ सय ७४ रूपैयाँ, रुपन्देही निवासी हरिकृष्ण गौतमले २५ हजार ५ सय ५५ रूपैयाँ, तानसेन नगरपालिका-११ पाल्पा निवासी केदारनाथ घिमिरेले १६ हजार ५ रूपैयाँ, रुपन्देही निवासी जुक्तलाल घिमिरेले २५ हजार ५सय ५५ रूपैयाँ, तिलोत्तमा नगरपालिका-९ रुपन्देही निवासी प.प्रेम चन्द्र न्याैपानेले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१४ रुपन्देही निवासी धनबहादुर अर्यालले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी श्री शशिधर पौडेलज्यू/ पंचाकली देवीपौडेलले १५ हजार ६ सय ५५ रूपैयाँ, श्री केशव सापकोटा/ शुशीला कँडेल सापकोटाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी प्रेमप्रसाद पौडेल/ सरस्वती पौडेलले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी लालु घिमिरेले २६ हजार १ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देहीस्थित रूपन्देही व्यापार संघ सेमलार शाखाले १५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देहीस्थित रतनपुर टोल विकास संस्था/ रतनपुर आमा समूहले संयुक्त रूपमा २५ हजार ५ सय ५५ रूपैयाँ, जन विकास बहुउद्देश्यीय सहकारी संस्थाले १५ हजार ५ सय ५५ रूपैयाँ, रुपन्देही निवासी विष्णुबहादुर खत्रीले २५हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी हिराबहादुर खत्रीले १५ हजार ५ सय ५५ रूपैयाँ, भरतपुर महानगरपालिका-५, चितवन निवासी ओमकार कँडेलज्यू/ भवानी कँडेलले १५ हजार ५सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५ रुपन्देही निवासी भूमिराज रिजालले २६ हजार १ सय १५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१४ रुपन्देही निवासी दधिराम न्यौपानेले १५ हजार ५ सय ६५ रूपैयाँ दान दिनुभएकाे छ ।
महायज्ञमा परोपकार कुञ्ज धाम निर्माणका लागि बुटवल उपमहानगरपालिका-८, रुपन्देही निवासी कृष्णप्रसाद शर्मा/राधा शर्माले ५५ हजार ५ सय ५५ रूपैयाँ, बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी गजाधर भुसालले ५५ हजार ५ सय ५५ रूपैयाँ, परोपकार कुञ्ज धाम निर्माणका बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी लक्ष्मी अधिकारी/ दिपक खड्काले ५५ हजार ५ सय ५५ रूपैयाँ दान गर्नुभएकाे हाे । महायज्ञमा बुटवल उपमहानगरपालिका-१५, रुपन्देही निवासी श्री सिद्धि गणेश भद्रकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले परोपकार कुञ्ज धाम निर्माणका निमित्त ५५ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरेकाे हाे ।
जनजनका मन मनमा सेवाभाव जागृत गर्ने उद्देश्यले वि.सं २०६४ सालमा स्थापना भएको संस्था राष्ट्रिय परोपकार महासंघ नेपालले देशका विभिन्न जिल्लाहरूमा आफ्ना अभियानहरू सञ्चालन गर्दै आइरहेकाे छ । सोही अभियानअन्तर्गत महासंघले रूपन्देही जिल्ला कार्यसमितिको तत्वावधानमा बुटवल-१५ स्थित भाटाप्रगती टोलमा करीब ४ विगाह क्षेत्रफलमा बिस्तार हुने गरी परोपकार कुञ्ज धाम निर्माणको योजना अगाडि बढिरहेकाे छ ।
महासंघले रूपन्देहीमा परोपकार कुञ्ज धाम निर्माणमा सबै पराेपकारी दातालाई सहभागी गराउने उद्देश्यले फागुन ४ गतेदेखि बुटवल-१५ सेमलार भाटाप्रगती टोलमा सुरू गरेकाे महायज्ञ फागुन ११ गतेसम्म सञ्चालन हुनेछ ।