249
बुटवल। रुपन्देहीको सियारी गाउँपालिका–२ भगदरीमा एक महिलाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार शव सडक किनारको खेतमा परालले छोपिएको अवस्थामा फेला परेको हो।
प्रहरीका अनुसार मृतकको उमेर अन्दाजी ३० देखि ३५ वर्षको रहेको छ। प्रारम्भिक अनुसन्धानमा हत्या भएको आशंका गरिएको छ।