174
बुटवल । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत फेला परेकी प्रकृति लम्सालको शव भैरहवा ल्याइएको छ।
रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीका अनुसार बुधबार साँझ लम्सालको शव भैरहवा ल्याइएको हो। शव भारतस्थित नेपाली दूतावासको पहलमा स्थानीय प्रशासन, सुरक्षाकर्मी तथा कलेज प्रशासनसँग समन्वय गरी नेपाल ल्याइएको जनाइएको छ।
भैरहवा ल्याइएकाे शव युनिभर्सल मेडिकल कलेजमा राखिएको छ।