आज पनि बढ्यो सुनको मूल्य

by समतल अनलाइन

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य वृद्धि भएको छ । सोमबार प्रतितोला एक लाख ६८ हजार सात सयमा कारोबार भएको सुन आज सात सय रुपैयाँ बढेर एक लाख ६९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो एक हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा भइरहेको महासंघले जानकारी दिएको छ ।

 
 
  
 

You may also like