बुटवलमा तेस्रो मेयर कप लन टेनिस प्रतियोगिता शुरु

पहिलो दिन २४ खेलहरु सम्पन्न

by समतल अनलाइन

बुटवल। । रुपन्देहीमा तेस्रो मेयर कप तथा बुटवल खुल्ला लन टेनिस प्रतियोगिता २०८१ शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही टेनिस संघको आयोजनामा फागुन ५ देखी ९ गतेसम्म हुने प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले म्याच डाईरेक्टर अजय बिष्टलाई टेनिस बल हस्तान्तरण गरि शुभारम्भ गरे । खेलकुद मार्फत पर्यटन विकास हुने गरि पालिकाबाट लगानी भैरहेको उनले बताए । नगरभित्र खेलकुद पुर्वाधार विकास र प्रतियोगिता आयोजनामा साढे ४ करोड बढि बजेट बिनियोजन भएको उनले बताए । योजनाबद्ध पूर्वाधार विकासमा जोड दिईएको उनले बताए ।
कार्यक्रममा रुपन्देही लन टेनिस संघका अध्यक्ष गोपाल ज्ञवालीले काठमाण्डौ केन्द्रित टेनिस खेल पछिल्लोसमय देशका मुख्य शहरहरुमा खेल्न थालिएको र खेलाडी उत्पादन भएको भन्दै यसमा खेल सरोकारवाला निकाय र स्थानिय सरकारको महत्वपूर्ण योगदान रहेको बताए ।
यसैबिच कार्यक्रममा रुपन्देहीको टेनिस विकासमा योगदान दिएका संस्थापक अध्यक्ष अशोक गुरुङ, श्रीमध्यपश्चिम पृतनाका महासेनानी मचिन्द्र थापालाई दोसल्ला, कदरपत्रबाट सम्मान गरिएको छ । कार्यक्रममा नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणाले जिल्ला अध्यक्ष ज्ञवालीलाई एक कार्टन टेनिस बल सहयोग हस्तान्तरण गरे । सोमबार भएको उद्घाटन खेलमा मेन्स सिगल तर्फ निहालजंग थापाले विष्णु नेपालीलाई ६—१, ६—० को सोझो सेटमा पराजित गरेका छन । यसैगरि आयुषमान घलेले युगेन शेर्पालाई ६—२, ६—१ को सेटमा, देव आशिष रेउलाले निश्चल कायस्थलाई ६—२, ६—३ को सेटमा पराजित गरेका छन । गोबिन्द नेपालीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि वुमन्स सिगलमा सुनिरा थापाले जिनी खड्कालाई ६—३, ६—० को सोझो सेटमा पराजित गरेकी छिन । आयुषा डोल्कर गुरुङ र भगवती बिक वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ३५ प्लस सिगलमा जितेन्द्र परियारले सरोज पौडेललाई ६—०, ६—० को सोझो सेट, चोम बहादुर शाहले प्रकाश बस्नेतलाई ७—५, ६—२ को सेटमा पराजित गरेका छन । केशव खत्री वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
यसैगरि ४५ प्लस सिगलमा गोपाल ज्ञवालीले विष्णु बहादुर थापालाई ६—३, ६—३ को सेटमा पराजित गरेका छन । यसैगरि मनोज नेपालले विष्णु चापागाईलाई ६—२, ६—० को सेटमा तथा राज गुरुङले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
सिगल ५५ प्लसमा राजकुमार गुरुङले मछिन्द्र थापालाई ६—४, ६—३ सेटमा, उत्तम बोगटीले अजय बिष्टलाई ६—५, ६—२ को सेटमा तथा चन्द्र शाहीले वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
डबल्स ३५ प्लसमा प्रकाश बस्नेत र भिम बहादुर मगरको जोडीले सोम राना र अर्जुन गुरुङको जोडीलाई ७—५, ६—३ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन ।
डबल्स ४५ प्लसमा अर्जुन गुरुङ र मनोज नेपालको जोडीले राज गुरुङ र माधव भण्डारीको जोडीलाई ६—१, ६—४ को सेट, अर्को खेलमा कमल भण्डारी र सुर्दशन विष्टको जोडी वाकओभर पाउदै दोस्रो चरणमा प्रवेश गरेका छन ।
डबल्स ५५ प्लसमा सुर्दशन विष्ट र हिमाल शाहको जोडीले विष्णु चापागाई र अब्दुल सहमतको जोडीलाई ६—२, ६—१ को सेटमा पराजित गरेका छन ।

कार्यक्रममा टेनिस संघका केन्द्रीय सदस्य अशोक गुरुङले खेल विकासमा सामुहिकताको आवश्यकता औल्याउदै यस क्षेत्रमा लनटेनिस विकासलाई थप योजनाबद्ध रुपमा लैजानमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा २२ नम्वर बाहिनीका बाहिनीपति सहायक रथि पुरुषोत्तम खड्का, नेपाल टेनिस महासंघका पुर्वअध्यक्ष बागमती टेनिस संघका अध्यक्ष मनोज शम्शेर राणा, सचिव सब्बर मियाले खेल र खेलाडीलाई अवसर सृजना सके अन्तराष्ट्रिय गरिमा र पहिचान बढ्ने बताए ।

प्रतियोगितामा एकलतर्फ पुरुष÷महिला एकल, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लस गरि ६ विधा र डबल्सतर्फ पुरुष डबल्स, महिला डबल्स, पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लस गरि पाच विधा गरि कुल ११ विधामा प्रतियोगिता आयोजना हुने छ । एकलतर्फ पुरुष÷महिला एकलको विजेताले नगद ६०÷६० हजार, उपविजेताले नगद ३० हजार तथा तृतिय स्थान हासिल गर्ने खेलाडीले २० हजारसहित कप, मेडल ,प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस, पुरुष ५५ प्लस, पुरुष ६५ प्लसका विजेताले क्रमश ४० हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैया, उपविजेताले २० हजार, २० हजार, १५ हजार र सात हजार पाच सय रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
यसैगरि पुरुष डबल्स, महिला डबल्सको विजेताले नगद २० हजार रुपैया, उपविजेताले १० हजार र तृतियले नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि पुरुष ३५ प्लस, पुरुष ४५ प्लस र पुरुष ५५ प्लसका विजेतालाई जनही नगद १५ हजार, उपविजेतालाई १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।
लन टेनिस खेल र खेलाडी विकास गर्ने उदेश्यका साथ संघबाट निरन्तर खेल गतिविधि हुँदै आएको संघका अध्यक्ष गोपाल ज्ञवालीले बताए । बुटवल नगरपालिकाबाट १२ लाख रुपैया सहयोगमा हुने प्रतियोगिता आयोजना गर्न करीब १७ लाख रुपैया खर्च हुने अनुमान रहेको उनले बताए । प्रतियोगितामा रेकिङ एक सय बढि खेलाडीहरुले भाग लिएका छन ।

 
 
  
 

You may also like