141
रुपन्देहीमा गाउँपालिका अध्यक्षको गाडीमा तोडफोड
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको सरकारी गाडीमा तोडफोड भएको छ।


गएको राति करिब ११ः३० बजे लक्ष्मीनगरस्थित निवासको कम्पाउन्डमा पार्किङ गरिएको लु १ झ ३९५ नम्बरको गाडीमा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरेका छन्। तोडफोडका कारण गाडीको अगाडिको सिसा चर्किएको तथा दायाँ साइडको सिसा पूर्ण रूपमा फुटेको अध्यक्ष यादवले जानकारी दिएका छन्।
घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले जनाएको छ। प्रहरीका अनुसार गाडी पार्किङ गरिएको स्थानमा सिसिटिभी क्यामेरा रहेको हुँदा दोषी पहिचान हुने विश्वास गरिएको छ।
previous post